d

गौरादह: माओबादी केन्द्रको प्रशिक्षण तथा दशैं शुभकामना आदानप्रदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा माओबादी केन्द्र गौरादह नगर कमिटिले दशैं पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। गौरादह नगरपालिका वडा नम्बर ५ स्थित नमुना सामुहिक खेतिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।  

हिन्दुहरुको महान चाड बडादशैंको अवसर पारेर निर्वाचन लक्षित भेटघाट तथा प्रशिक्षण कार्यक्रम समेत गरिएको बताइएको छ।    
 
कार्यक्रममा क्षेत्र नम्बर ५ का माओबादी नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको गौरादह नगर संयोजक कुमार खतिवडाले बताए। 
 
 अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष तथा गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर ५ संघीय संसदका सम्भावित उमेद्वार  रंजित तामाङको प्रमुख आतिथित्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।  

समारोहमा माओबादी केन्द्र केन्द्रिय  सदस्य तथा नेपाल सरकारका राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष  सुरेन्द्र बस्नेत , पार्टीका प्रदेश कोषाध्यक्ष  गगन पुरी, YCL नेपालका केन्द्रीय सचिव तथा प्रदेश सदस्य कर्मा पुलामी, प्रदेश सदस्य सन्तोस गाैतम, प्रदेश सचिवालय सदस्य हुकुम नेपाली, प्रदेश क का संयोजक सिताराम अधिकारी, नगर सह ईन्चार्ज  माधब भट्टराई ,  गाैरादह नगरकार्यपालिका सदस्य तथा वडा नम्बर ८ का अध्यक्ष  गणेश राजवंशी, दमक नगर कमिटि अध्यक्ष रबि बस्नेत, अखिल क्रान्तिकारी झापा जिल्ला सचिव रोशन चौंलागाई  लगायतको उपस्थिति रहेको थियो।  गौरादह नगरकमिटि संयोजक कुमार खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नगर कमिटि सदस्य चुडा भुजेलले गरेका थिए।  

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No photo description available.

Views: