d

धिमधिमे युवाक्लबको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: धिमधिमे युवा क्लबले दशैं तिहार र छटपर्वको अवसरमा विविध कार्यक्रम गर्दै  दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

हिन्दुहरुको महान चाड विजयादशमीको  अवसर पारेर कार्यालय कक्षको  समुद्घाटन गर्दै शुभकामना आदानप्रदान सम्पन्न गरिएको हो । 

कार्यक्रममा स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति सहित आकर्षक नृत्यहरु प्रदर्शन गरेका थिए । 

सोही अवसर पारेर सितेरियो कराते खेलाडीहरुले काता प्रदर्शन गरेका थिए । 

कार्यक्रमको दौरान धिमधिमे युवाक्लबको नव निर्मित कार्यालय कक्षको विषेश उद्घाटन समेत गरिएको छ । 

गौरादह ३ स्थित सुर्योदय मा. वि. परिसरमा आइतबार आयोजित कार्यक्रममा संविधान सभा सदस्य तथा नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रदेश १ पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले धिमधिमे युवाक्लबले गरेका सामाजिक कार्यहरूको प्रसंसा गर्दै युवाहरू संगठित हुन सके समाज विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए । संघ संस्थाको विकासमा हरेक तहका सरकारले योगदान पुर्याउनु पर्ने वताउदै आफू मन्त्री रहदा धिमधिमे युवा क्लबलाई प्रदेश सरकारको तर्फबाट गरेको आर्थिक तथा भौतिक सहयोगको स्मरण गरे । 

विशिष्ट अतिथि गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदीले नगर भित्रका हरेक संघ संस्थालाई समाजमा स्थापित गराउन नगरपालिका तैयार रहेको बताए । 

स्थापनाको छोटो अवधिमा नै धिमधिमे युवाक्लबले महत्त्वपूर्ण फड्को मारेको बताउदै नगर प्रमुख सुवेदीले क्लबलाई अझै सशक्त रूपमा सामाजिक योगदानमा केन्द्रित हुन सुझाव दिएका थिए । 

बिकास र समृद्धिको यात्रामा नगरले ठोस लक्षका साथ तदनुसारका नितिकार्यक्रम प्रस्तुत गरेको भन्दै मेयर सुवेदीले पारदर्शी र मित्तव्ययी रूपमा आफुहरु अगाडि बढ्ने बताए । 

हरेक तीन महिनामा नगरपालिकाले आफ्ना गतिविधि नगरबासी सामु पुर्याउन पत्रकार सम्मेलन आयोजना गर्ने नयाँ कार्यक्रम सुरु गरेको जानकारी गराउदै नगरका हरेक कार्यहरू नगरबासीलाई सुसूचित गराउनु पर्छ भन्ने मान्यता स्थापित गरिएको बताए । 

'विगतका दिनमा नगरपालिका कसरी चल्यो भन्नू भन्दा पनि आगामी दिनमा कसरी समृद्ध गौरादह निर्माण गर्न सकिन्छ भन्ने विषयमा हामी चिन्तित छौँ ।', सुवेदीले भने । 

नगर प्रशासनलाई भरपर्दो र विश्वसनिय बनाउने कुरामा स्थानीय संघ संस्थाको निकै महत्त्वपूर्ण भुमिका रहने भन्दै जनप्रतिनिधिलाई खबरदारी गर्न पनि स्थानीय संघ संस्थाको भुमिका हुने बताउदै उनले स्थानीय संघसंस्थाहरु विकासको सम्वाहक र समाजको मेरुदण्ड हुने बताए । 

क्लबका अध्यक्ष प्रविण बस्नेतले हाल सम्म  संस्थाले गरेका सामाजिक कार्यहरूको बारेमा जानकारी गराउदै संस्थालाई आर्थिक र भौतिक रूपमा सहयोग गर्ने दाताहरू प्रती आफुहरु सदैव ऋणी रहने बताए । प्रदेश सरकार र स्थानीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको भन्दै अध्यक्ष बस्नेले नगरमा नयाँ जनप्रतिनिधि आएपछि 'क्लब आवद्ध सहकर्मी साथीहरू थप उत्साहित हुनुहुन्छ।' थपे । 

समारोहमा विभिन्न दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरुको विषेश उपस्थिति रहेको थियो । 

क्लब अध्यक्ष प्रविण बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका सदस्य खेमप्रसाद लुइँटेलले स्वागत मन्तव्य राखेका थिए भने क्लबका सचिव  गुणराज पौड्यालले कार्यक्रम संचालन गरेका थिए । 


चिठ्ठा कार्यक्रम 

चाडपर्वको अवसर पारेर संस्थाले संचालन गरेको चिठ्ठा बम्पर कार्यक्रमको नतिजा समेत सार्वजनिक गरिएको छ । लक्की ड्र मार्फत चिठ्ठा कार्यक्रमको नतिजा घोषणा गरिएको हो । 

Views: