d

एमाले-राप्रपा ३ स्थानमा सहमति,  शनिवार सबै टुंगो लाग्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मङ्सिर ४ मा हुने निर्वाचनको विषयलाई लिएर राप्रपा-एमाले विच बाक्लो छलफल सुरु भएको छ।  अध्यक्ष राजेन्द्र लिङ्देन, नेता प्रकाशचन्द्र लोहनीसहितका नेताहरु ओली निवास बालकोट पुगेर शुक्रवार गरिएको कुराकानी सकारात्मक रहेको बताएको छ।  शुक्रबारको छलफल थप सकारात्मक भएकाले शनिबार दुई दलबीच औपचारिक सहमति हुने बताइएको छ।  

अहिलेसम्म दुई दलबीच भएको समझदारीअनुसार रुपन्देही ३ सहित अध्यक्ष लिङ्देनका लागि झापा ३ र धवल शमशेरका लागि बाँकेमा एक निर्वाचन क्षेत्र छाड्न एमाले तयार भएको छ।

रुपन्देही ३ मा एमालेले राप्रपालाई सघाउने सहमति भए संगै एमाले नेता घनश्याम भुसालले टिकट नपाउने भएका छन्।  उनले रुपन्देही ३ बाट संघीय सांसदको उम्मेद्वारीको सिफारिस पाएका भएतापनि अध्यक्ष ओलीले भुसालको नाम काटेर राप्रपाका उम्मेदवारलाई सघाउने निर्णयमा पुगेका बताइन्छ।  


 

Views: