d

झापा ५: ओली र डा. अधिकारी आमनेसामने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रदेशमा राईले कार्कीलाई टक्कर दिंदै 
झापा: झापाको निर्वाचन क्षेत्र न ५ मा एमाले अध्यक्ष के पी ओली र डा खगेन्द्र पाण्डव अधिकारी विच पुन: भेट हुने भएको छ।  १ महिना अगाडीनै उम्मेदवार घोषित भएका ओली विरुद्द सत्तारुढ गठबन्धनले पुरानै अनुहार डा खगेन्द्र पाण्डव अधिकारीलाई प्रतिस्पर्धामा उतार्ने निर्णय मध्यरातको निर्णय संगै ओली र अधिकारी आमनेसामने हुने भएका हुन्।  गत आम निर्वाचनमा ओली विरुद्द मैदानमा उत्रिएका डा अधिकारीले भारी मतान्तरले पाराजित हुनेपरेको भएतापनि यो पटक भने ओलीलाई अधिकारीले कडा टक्कर दिने चर्चा चुलिन थालेको छ।  अघिल्लो निर्वाचनमा ओलीले ५७ हजार मत प्राप्त गर्दा डा अधिकारीले झन्डै २९ हजार मत प्राप्त गरेका थिए।  उक्त निर्वाचनमा माओबादीले ओलीलाई समर्थन गरेको थियो भने कांग्रेसको तर्फबाट अधिकारी भिडन्तमा उत्रिएका थिए।  यसपटकको निर्वाचनमा ओलीलाई राप्रपाले साथ दिएको छ भने उक्त निर्वाचनमा समेत राप्रपाको समर्थन ओलीलाईनै थियो।  

 

प्रदेशमा राईले कार्कीलाई टक्कर दिंदै

उता प्रदेश निर्वाचन तर्फ क्षेत्र नम्बर ५ क' मा एमालेका उम्मेदवार हिक्मत कार्की र गठबन्धन तर्फबाट जीवन राई विच मुख्य प्रतिस्पर्धा हुने भएको छ। अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार अनिल कृष्ण प्रसाईं विरुद्द प्रतिस्पर्धा गरेर विजयी बनेका कार्की र कांग्रेसका प्रदेश क' सभापति समेत रहेका युवा नेता राई आमनेसामने हुनेछन् ।         

Views: