d

राप्रपाका नेताहरु: को कहाँबाट चुनाव लड्दै ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । आज प्रतिनिधिसभा र प्रदेशसभाको उमेदवारी दर्ता हुँदै छ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

राप्रपाले देशका सबै निर्वाचन क्षेत्रमा उमेदवार उठाउने जनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र नं. ३ मा, वरिष्ठ नेता दीपक बोहराले रुपन्देही ३ मा, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ मा, वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधानले नवलपरासी (बसपु)को क्षेत्र नं. २ बाट चुनाव लड्दै छन् । 

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नं. १ मा, महामन्त्री डा. धवल शमशेर राणाले बाँकेको क्षेत्र नं. २ मा, महामन्त्री कुन्तीकुमारी शाहीले दैलेखको क्षेत्र नं. १ मा, प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आज मनोनय दर्ता गर्दैछन् । 

कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंहले मकवानपुरको क्षेत्र नं. १ मा, डा. ठाकुरमोहन श्रेष्ठले काठमाडौं क्षेत्र नं. ४ मा, सहमहामन्त्री प्रकाश रिमालले काठमाडौंको क्षेत्र नं. ८ मा, सहायक महामन्त्री बिजय खड्काले दोलखामा तिनिधिसभा तर्फको उमेदवारी दिँदैछन् । 

सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले प्रदेशसभा अन्तर्गत कञ्चनपुरको क्षेत्र नं. ३ (क) मा, प्रवक्ता भक्तिप्रसाद सिटौलाले झापाको क्षेत्र नं ४ (ख) मा, प्रवक्ता सगुनसुन्दर लावतीले पाँचथरको प्रदेश (ख) मा, सहमहामन्त्री धनबहादुर बुढाले कालिकोटको प्रदेश (ख) मा उमेदवारी दिर्ने राप्रपाले जनाएको छ । 

आज हुने उमेदवारी दर्ताका लागि राप्रपाका नेता कार्यकर्ताहरु ७७ वटै जिल्ला सदरमुकाम र क्षेत्रहरुमा भेला हुने क्रम सुरु भएको छ । बाह्रखरी

Views: