d

ओली हेवी वेट हुँदै होइनन्, उनि पराजित भईसके - डा. अधिकारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेसले गौरादहमा चियापान समारोहको आयोजना गरेको छ।   हरेक वर्ष राष्ट्रिय रुपमा मनाईदै आएको चियापान समारोहको निरन्तरता दिंदै गौरादहमा समेत कार्यक्रमको आयोजना गरिएको हो।

 

May be an image of text

कोजाग्रत पुर्णिमाको दिन आयोजना गरिदै आएको चियापान समारोह हिजो आइतवार उम्मेदवार नोमिनेसनको दिन परकोले आज सोमवार आयोजना गरिएको आयोजकले जनाएको छ।   

क्षेत्र नम्बर ५ प्रदेश 'क' को आयोजनामा गौरादह वडा नम्बर २ स्थित विपी स्मृति भवनमा कार्यक्रम सम्पन्न गरिएको छ।  

कार्यक्रममा  क्षेत्र नम्बर ५ प्रदेश 'क' का अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।  

प्रदेश सदस्य प्रकाश कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा क्षेत्र केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा झापा क्षेत्र नम्बर ५ मा संयुक्त गठबन्धनका तर्फबाट संघीय संसदका उम्मेदवार डा खगेन्द्र पाण्डव अधिकारीले आफुहरु विकास निर्माणको स्पष्ट मार्गचित्र सहित मतदाता सामु पुग्ने धारणा राखे। प्रविधि मैत्री हुन नसके सम्रिद्दीको यात्रामा मुलुक प्रस्थान गर्न नसक्ने बताए।   अधिकांश समय के पी ओलीको आलोचना गरेका उनले ओलीबादको अन्त्य नभए सम्म मुलुकमा लुटतन्त्रको अन्त्य नहुने जिकिर गरे।  ओलीलाई हेवी वेट भन्नु हास्यापद हुने भन्दै डा अधिकारीले ओलीलाई हेवीवेट भन्नु आफैंमा अनर्थ हुने टिप्पणी गरे। 'गरिवहरुसंग लेवी उठाएर गरिवमाथि नै शोषण गर्दै राजनीति गर्ने कम्युनिष्टनेता ओली कसरी हेवी वेट भए ?', उनले प्रश्न गरे। 

'भिउ टावरको ठाउँमा मेडिकल कलेज खोल्नको लागि आफुले पटक पटक सल्लाह दिएको बताउंदै अरुण तेश्रो एमालेले क्यान्सिल नगरेको भए अहिले उर्जा संकट हुने थिएन ', बताए।  

साढे ३ वर्ष ओलीले सत्तामा रमाउदा मुलुक कंगाल  बनेको भन्दै संयुक्त गठबन्धनले मुलुकभर राम्रो नतिजा पाउने ठोकुवा गरे।  
'हामीले निर्वाचन जितिसकेका छौं, मात्र मङ्सिर ४ को प्रतीक्षा गर्नु छ।', डा. अधिकारीले भने।  

 

No description available.

 

नेपाली कांग्रेस प्रदेश 'क' सभापति तथा क्षेत्र नम्बर ५ 'क' प्रदेश सभा संयुक्त गठबन्धनका उम्मेदवार जीवन राईको सभातित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु अनिल कृष्ण प्रसाईं, रोहित साह, लक्ष्मी बाराकोटी प्रसाईं, पदम पौडेल, राजन ढुंगाना, जिल्ला सदस्य इश्वर अधिकारी लगायतको उपस्थित रहेको थियो।  

कार्यक्रमको संचालन प्रदेश 'क' सचिव भिम अधिकारीले गरेका थिए।  

Views: