d

झापा–५: कसको पक्षमा जनमत कति?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भागदौड सुरु भएको छ।  असोज २३ गतेको उम्मेद्वारी दर्ता संगै राजनीतिक दलहरु कार्यकर्ता संगको मिटिंग र संवादमा लागेका हुन्।  नेकपा एमालेको तर्फबाट एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्रीले उम्मेद्वारी दिएको यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट पुरानै अनुहार डा. खगेन्द्र पाण्डव अधिकारीले उम्मेद्वारी दिएका छन्।  स्वतन्त्र रुपमा उम्मेद्वारी दिने संख्या समेत उल्लेख्य रहेको यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा भने ओली र अधिकारीकै बीच हुने निश्चित छ।  

निर्वाचन आयोगको तथ्यांक अनुसार गत स्थानीय निर्वाचनमा एमाले वडाध्यक्षका उम्मेदवारको मत जोड्दा ४१ हजार ६१९ मत रहेको पाइन्छ भने कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीको २ हजार हाराहारी मत प्राप्त भएको अवस्था छ ।

 एमाले अध्यक्ष ओलीलाई उक्त क्षेत्रमा राप्रपाको सबै भोट एमाले अध्यक्ष ओलीलाई झरेमा ओलीले सहज ढंगले जित हात पार्ने  देखिन्छ ।

त्यसैगरी यस क्षेत्रमा एमालेका सबै स्थानीय तहका प्रमुखले पाएको जम्मा मत ४२ हजार ७९८ छ भने गठबन्धन दलका प्रमुखहरूले पाएको मत ५५ हजार ७८८ छ ।

 

 

२०७४ सालमा प्रदेश निर्वाचन क्षेत्र (क)बाट भने एमालेकै हिक्मतकुमार कार्कीले २४ हजार ९८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका अनिल कृष्ण प्रसाईंले १८ हजार ६३६ मत ल्याएका थिए ।  निर्वाचन क्षेत्र (ख)बाट पनि एमालेकै अर्जुन राईले ३० हजार ९७३ मत ल्याउँदा कांग्रेसका राजनबहादुर ढुंगानाले १० हजार ९९३ मत ल्याएका थिए । 

प्रदेश सभामा भने यो पटक केहि अलग सिनारियो देखिएको छ।  एमालेबाट झापा क्षेत्र नम्बर ५ (क) मा हिक्मत कार्की रहेका छन् भने सत्ता गठबन्धनबाट जीवनकुमार राई त्यस्तै स्वतन्त्र तर्फ इन्द्र न्यौपाने उम्मेदवार रहेका छन्।   निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनको तर्फबाट माओवादी नेता रेवतराज पुरी (गगन) र एमालेको तर्फबाट होमबहादुर थापाको उम्मेद्वारी रहेको छ ।

 

तथ्यांक श्रोत: रातोपाटी

Views: