d

झापा २ मा स्वागत नेपालको पक्षमा देखियो जनलहर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शुरुदेखि नै राेमाञ्चक चुनावी माहाेल देखिएको झापा निर्वाचन क्षेत्र नं.२ मा अधिवक्ता तथा पूर्व पत्रकार स्वागत नेपालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
झापा २ मा सत्ता गठबन्धनकाे तर्फबाट माअाेवादीकी धर्मशिला चापागाईंकाे उम्मेदवारी निश्चित भइसकेपछि एकाएक एमाले परित्याग गरी माअाेवादी प्रवेश गरेका हरि राना मगरलाई धर्मशिलाकाे स्थानमा उम्मेदवार बनाएजस्तै नाटकीय परिबर्तन २ वर्षअघिदेखि नै साे स्थानमा तयारी गरिरहेका एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले घरदैलने समेत शुरु गरिसकेकाे अवस्थामा उनलाई क्षेत्र नं. १ मा पठाएपछि अाएकाे थियाे । एकल सिफारिषमा परेका १ नं का रविन काेइरालालाई उम्मेदवारी सुचिबाटै हटाइएपछि राना मगरकाे ट्वीस्ट अाएकाे थियाे। काेइराला र मगरले एमालेमा अाएकाे उम्मेदवारीकाे साे अचानकका परिवर्तनबाट पार्टी पङ्तिमा देखिएकाे असन्तुष्टि र कांग्रेसकाे तर्फबाट उम्मेदवारी नै नपाएको स्थिति वीचमा स्वतन्त्र उम्मेदवारी दिँदा परिणाम राम्रो हुने अांकलनका साथ तयारी गरेपछि साे काे फाइदा उठाउँदै स्वतन्त्र उम्मेदवारी नदिन कन्भिन्स गराई माअाेवादी प्रेश गराएर टिकट दिइएको थियाेे ।
त्यही वीच अधिवक्ता स्वागत नेपालकाे स्वतन्त्र उम्मेदवारीलाई पनि जाेडेर हेर्ने गरिएको छ ।

 


उनले अाफूलाई साझा उम्मेदवारकाे रुपमा अर्थ्याउने गरेका छन् ।
नेपालले अाफ्नाे उम्मेदवारी कुनै दलल वा दलका नेताका विरुद्ध नभई अाफूले एक दशक अघि जनताले खराब उम्मेदवारलाई भाेट हालेरै बहिष्कार गर्न पाउने अधिकार अर्थात् राइट टु रिजेक्ट कने कानुन बनाउन सर्वाेच्च अदालबातबाट निर्देशनात्मक अादेश गराउँदा समेत हालसम्म कसैले साे कानुन नबनाएकाेले साे कानुन र जितेर जाने जनप्रतिनिधिले भनेकाे काम नगरेमा जनताले पदबाट फिर्ता बाेलाउन पाउने अधिकार राइट टु रिकल  लागू गर्न संघीय संसदकाे उम्मेदवार बनेकाे बताउँछन्।

Views: