d

धादिङ २ मा सहमतिमा उम्मेद्वारी फिर्ता, एमाले–राप्रपा बीच बन्यो तालमेल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 २६ असोज/ काठमाडौं– धादिङ–२ मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको छ। एमालेसँगको तालमेलपछि धादिङ–२ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका राप्रपाका पर्शुराम तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

 

 


उनले एमालेका खेम लोहनीलाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्। प्रतिनिधि सभामा फिर्ता लिएको राप्रपाले प्रदेशमा सिट पाउने भएको छ। प्रदेश सभाको ‘क’तर्फ राप्रपाका उम्मेदवार डम्बर तामाङलाई एमालेले सर्मथन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। 


त्यस्तै, प्रदेश सभा ‘ख’मा एमाले उम्मेदवार रामकुमार अधिकारीलाई सर्मथन गर्दै राप्रपाले उम्मेदवारी फिर्ता लिएको छ। 


उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामनाथ अधिकारी चुनावी मैदानमा छन्। 

Views: