d

चितवन र डडेलधुरामा एमालेले गर्यो उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई सहयोग गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका विद्रोही उम्मेदवारलाई सहयोग गर्ने हेतुले चितवन–३ र डडेलधुरामा आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । 


चितवनमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको हो । त्यहाँ एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सहयोग गर्ने भएको छ ।

त्यस्तै, डडेलधुरामा पनि नेकपा एमालेले कांग्रेस बीपीसँग तालमेल गर्ने सहमति गरेको छ । त्यहाँ एमालेले कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सहयोग गर्ने भएको छ ।

एमालेसँगको तालमेल भएको आधारमा अब त्यहाँको प्रदेशमा कांग्रेस बीपीले एमालेलाई प्रदेशसभा निर्वाचनमा सहयोग गर्ने भएको छ । यसअघिको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस बीपी र एमालेबीच तालमेल भएको थियो ।

Views: