d

झापा - ३ का स्वतन्त्र उम्मेदवार गिरि एमालेबाट निस्काशित, साधारण सदस्य समेत खोसियो   

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा। नेपाल कम्यूनिष्ट पार्टी एमालेले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेद्वारी दिएका डम्बर गिरिलाई साधारण सदस्य नरहने गरि कारवाही गरेको छ।  पार्टी संग तालमेल गरेर उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन विरुद्द उम्मेद्वारी दिएर पार्टी हित विपरित कार्य गरेको आरोप लगाउदै एमाले झापा जिल्ला सचिवालयले कारवाही गरेको हो।  पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहेका गिरि गत स्थानिय निर्वाचनमा  हल्दिबारी गाउँपालिकाका पराजित उम्मेदवार हुन् भने अघिल्लो पटक उनि हल्दीवारी गाउँ पालिकामा जननिर्वाचित उपाध्यक्ष थिए।  राप्रपासंग तालमेल गरेर झापा क्षेत्र नम्बर ३ मा आफ्नो उम्मेद्वारी नदिएको एमालेले पार्टीको निर्णयलाई अवज्ञा गर्दै उक्त क्षेत्रमा गिरिले स्वतन्त्र उम्मेद्वारी दिएका थिए। 

एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्की द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'पार्टी निर्णयको वर्खिलाप गर्दै स्वतन्त्र उम्मेद्वारी दिने तथा अन्य पार्टीका चुनाव चिन्ह प्रयोग गरि उम्मेद्वारी दिने सम्मका पार्टी विरोधी गतिविधि भएका छन्।  पार्टी निर्णय विरुद्दमा प्रतक्ष्य र अप्रतक्ष्य रुपमा गतिविधिमा संलग्न हुने कोही पनि नेता कार्यकर्ताको तत्काल पहिचान गरि कारवाही गरिने छ।'

झापाबाट पार्टी विरुद्द गतिविधि गरेको आरोपमा अर्जुनधाराका हरि कुमार राना र शिवासताक्षीका होम प्रसाद गौतमलाई यस अघि नै कारवाही गरि सकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

 

Views: