d

अनुशासित भएर प्रचारप्रसारमा जुट्न राप्रपा नेता थापाले गरे कार्यकर्तालाई आग्रह 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश १ अध्यक्ष तथा दमक नगरप्रमुख राम कुमार थापाले एमाले र राप्रपाबिचको सहकार्यले दुवै दललाई फाइदा पुग्ने बताएका छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर ५ (क) कार्यसमिति द्वारा बिहिवार गौरादहमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले यसो भनेका हुन्।  एमाले जस्तो राष्ट्रबादी शक्ति संग पार्टीले तालमेल गर्दा पारस्परिक फाइदा पुग्ने भन्दै नेता थापाले पार्टी कार्यकतालाई  अनुशासित भएर एमाले संगको संयुक्त प्रचारप्रसार अभियानमा जुट्न आग्रह गरे। मङ्सिर ४ को निर्वाचनले राप्रपा नयाँ शक्तिको रुपमा उदाउने आफुले विश्वास लिएको भन्दै नेता थापाले पार्टीले प्रतक्ष्य तर्फ उम्मेद्वारी नदिएका निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ सक्रियता पुर्वक पार्टीलाई भोट माग्न आग्रह गरे। 

'हामीले यो पटक समानुपातिकमा झापाबाट मात्र १ लाख भोट कटाउन सक्छौं भन्ने प्रक्षेपण गरेका छौं, म साथीहरुलाई सक्रियता पुर्वक निर्वाचन प्रचार प्रसारमा जुटन आग्रह गर्दछु।', नेता थापाले भने।      

डिपुचोक स्थित राप्रपा पार्टी कार्यालयको सभाहलमा सम्पन्न  कार्यक्रममा जिल्ला अध्यक्ष केशब प्रसाद ओझाले निर्वाचन रणनीति बारे चर्चा गरेका थिए।  

प्रदेश (क) अध्यक्ष जय गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य अम्बर विष्ट, स्वास्थ्य बिभाग केन्द्रिय सदस्य डा सूर्यनारायण साह, क्षेत्र नम्बर ५ क्षेत्रीय उपाध्यक्ष खेम राज तिम्सिना,  दमक नगर अध्यक्ष हेम सुवेदी लगायतले शुभकामना मन्तब्य प्रदान गरेका थिए।      

सोहि अवसरमा सोहि अवसरमा भर्खरै केन्द्रिय सदस्यमा मनोनित भएका बाबुराजा श्रेष्ठ र बिक्रम अधिकारी तथा प्रदेश (क) का नव मनोनित सचिव चिरन्जीवी पौड्याललाई सम्मान गरिनुका साथै समानुपातिक तर्फका उम्मेदवारहरुलाई सम्मान समेत गरिएको थियो।  

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला, नगर र वडा तहका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।  

गौरादह नगर अध्यक्ष शान्तिराम पौड्यालले स्वागत मन्तव्य प्रदान गरेको कार्यक्रमको संचालन प्रदेश (क) अध्यक्ष जय गुरुङले गरेका थिए।  

 

No description available.

 

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

Views: