d

झापामा यी हुन् एमाले-राप्रपा उम्मेदवार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको झापामा संयुक्त उम्मेदवारहरु रहेका छन्।  झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेन उम्मेदवार रहेका छन्।  त्यसै गरि निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश सभा (ख) मा राप्रपाको तर्फ बाट सबिना बजगाईं र क्षेत्र नम्बर ४ को प्रदेश (ख) मा राप्रपाकै भक्ती सिटौला उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ एमालेका अग्नि प्रसाद खरेल, २ मा देवराज घिमिरे, ४ मा एल पी साँवा र ५ मा अध्यक्ष केपी ओली उम्मेदवार रहेका छन्।
त्यसैगरी क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा  एमालेकै रविन कोइराला, क्षेत्र नम्बर २ प्रदेश सभा (क) र (ख) मा एमालेकै क्रमस: एकराज कार्की र तिलचन पाठक त्यस्तै क्षेत्र नम्बर ३ प्रदेश (क) र (ख) मा क्रमसः एमालेका बसन्त बानियाँ र छविलाल चुडाल, क्षेत्र नम्बर ४ (क) मा एमालेका राधाकृष्ण खनाल रहेका छन् भने क्षेत्र नम्बर ५ (क) मा एमालेका होम बहादुर थापा र (ख) मा एमालेकै हिक्मक्त कार्की उम्मेदवार रहेका रहेका छन्।  

Views: