d

प्रकाशमानलाई आठ हजार मत अन्तरले हराउछु - रवीन्द्र मिश्र

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपा बरिष्ट उपाध्यक्ष रविन्द्र मिश्रले उम्मेद्वारी दिएका छन्।  उम्मेद्वारी पश्चात निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता संगको अन्तरक्रियामा सक्रिय रहेका मिश्रले आफुले ८ हाजार मतान्तरले विजयी हुने दावी गरेका छन्।   अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीको अध्यक्ष रहँदा  काठमाडौंको सोही क्षेत्रबाट आठ हजार मतले पराजित भएका उनले यो पटक फराकिलो अन्तरले विजयी हुने दावी गरेका हुन् ।

उक्त क्षेत्रबाट नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार छन् । 

मिश्रले आज आयोजित पार्टीको अन्तरक्रिया कार्यक्रममा बोल्दै पहिलेको आठ हजार अब १६ हजार भएर आफूतिर थपिने बताए । 

Views: