d

ओली, प्रचण्ड र देउवाले ९ अर्व कमिसनको खाएकोआरोप लगाएका बाबुरामले भने - 'अब सच्चियो'  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गोरखा : बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन नखाएको भन्दै डाक्टर बाबुराम भट्टराईले आफ्नो बोली सच्याएका छन्।  उक्त आयोजनाको ठेक्का क्रममा डेढ वर्षअघि लगाएको आरोप सच्चिएको भन्दै भट्टराईले बोली फेरेका हुन्।   

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा सो आरोप सच्चिएको बताएका बताए।  

कमिशनको आरोपबारे प्रष्टिकरण दिँदै उनले त्यतिबेला अलिकति आलोचना गरेको बताए। 'किनकि नेपाल आफैंले बनाउनु पर्ने त्यो बूढीगण्डकी कताकता कसको खेलमा हो, बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचना पाएको थिएँ। त्यसको आधारमा मैले त्यो (नौ अर्ब भ्रष्टाचारको बारेमा) बोलेकै हो। तर त्यो अहिले सच्चिएको छ। म के खुशी व्यक्त गर्न चाहन्छु भने अब बूढीगण्डकी नेपालले बनाउने निर्णय गरेको छ। त्यसै भएको हुनाले बूढीगण्डकीबारे अब हाम्रो विवाद छैन।' 

Views: