d

पाडाजुङ्गीमै आदिवासी रंगशाला बन्छ - हिक्मत कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका स्थाई कमिटी सदस्य हिक्मत कार्कीले झापाको कमल ५ पाडाजुङ्गीमा निर्माणको चरणमा रहेको आदिबासी रंगशाला सोहि ठाउँमा बन्ने बताएका छन् । प्रदेश १ का पूर्व आन्तरीक मामिला तथा कानून मन्त्री समेत रहेका कार्कीले कुनै पनि विवाद वा बहानामा दूरगामी महत्वका योजना प्रभावित पार्न नहुने भन्दै सो रंगशालाको निर्माण नरोकिने ठोकुवा गरेका हुन् ।

आसन्न प्रदेश सभाको निर्वाचनमा झापा ५ (क) का उम्मेद्वार समेत रहेका कार्कीले रंगशाला निर्माणकै लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले आफ्नो पहलमा एक करोड रुपैयाँ बिनियोजन गरेको बताए । झापाको केर्खामा लोकतान्त्रिक आदिबासी जनजाती महासंघले शुक्रवार आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा नेता कार्कीले  आफु यसै क्षेत्रको जनप्रतिनिधी भएको नाताले शुरु गरिएका योजना रोक्न नहुने भन्दै बजेट बिनियोजनामा पहल गरेको बताए।
कमलमा बन्ने रंगशाला दमक वा अन्यत्र काँहि पनि नसरेको प्रष्ट पार्दै उनले कमलमा बन्दा अन्यत्र रंगशाला बन्न नहुने भन्ने नहुने भन्दै रंगशाला निर्माण तथा सो स्थानमा रहेका समाधी स्थल रहेका व्यक्तिहरुको सम्मानमा स्मारक समेत बनाईने बताए ।

Views: