d

निर्वाचन आयोग द्वारा मतपत्र ढुवानीमा तिब्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र ढुवानी शुरु गरिएको छ।  निर्वाचन आयोगका अनुसार मतपत्र ढुवानी कार्य प्रदेश १ र मधेश प्रदेशबाट सुरु गरिएको हो।  

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ ।

Views: