d

हामी प्रतक्ष्य तर्फ १०० स्थानमा विजयी हुदैछौं - हिक्मत कार्की 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश १ पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले प्रतिनिधि सभाको प्रतक्ष्य निर्वाचनमा १ सय सिट भन्दा बढी स्थानमा एमालेले जित्ने दावी गरेका छन्।  गौरादह डिपु चोकमा सोमबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसो भनेका हुन्।  

कांग्रेसले ९० स्थानमा मात्र उम्मेद्वारी दिएको र गठबन्धनका अन्य दलले थोरै स्थानमा उम्मेद्वारी दिएको भन्दै नेता कार्कीले एमालेले धेरै स्थानमा एमालेले जित हात पार्ने निश्चित रहेको बताएका छन्।  


'आवश्यकता अनुसार केहि स्थानमा राप्रपा र जसपा लगायतका दल संग चुनावी तालमेल गरिएको छ, तालमेल अपरिहार्य रहेको थियो, यद्दपी १४१ स्थानमा हाम्रो उम्मेद्वारी रहेको छ।'

 

सत्ता स्वार्थमा केन्द्रित रहेको गठबन्धनले उठाएका उम्मेदवारहरु संग भविष्य लक्षित कुनै पनि एजेन्डा नरहेकोले पनि उनीहरुले देशव्यापी रुपमा हार बेहोर्ने नेता कार्कीले चुनौती दिए।  

'हामी संग मुलुक सम्रिद्द बनाउने एजेन्डाहरु छन् , साढे ३ वर्षको अवधी सरकारमा रहँदा विकासको छलांग मारेको इतिहास बनेको छ, हामी पुन: बहुमत सहितको सरकार गठन गरेर बिगतमा सुरु गरेका सम्रिद्विका अभियानहरुलाई निरन्तरता दिन चाहन्छौं, अव एमालेको विजय यात्रालाई कसैले रोक्न सक्दैन।', कार्कीले भने।  

नव निर्मित हुलाकी राजमार्गको उदाहरण दिँदै झपा ५ (क) का उमेद्वार समेत रहेका कार्कीले  हुलाकी सडक निर्माण सम्पन्न भए पछि प्रदेश १ को राजधानी सहर र भद्रपुरबासीहरु बीच व्यापारिक सम्बन्ध विस्तार हुँदैछ, कोशी र बिरिंगमा हुलाकी पुल निर्माण हुन सकेमा विकासले गति लिएको हेर्न टाढा जानु नपर्ने जिकिर गरे।  झापाको अधिकांश भागमा हुलाकी सडक निर्माण सम्पन्न भएको बताउदै नेता कार्कीले केहि पुलहरु निमाण सम्पन्न हुनेबित्तिकै हुलाकी राजमार्ग संचालन हुने बताए। 

नेता कार्कीले कमल १ मा निर्माणाधीन अवस्थामा रहेको आदिबासी रंगशाला आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बित्तिकै डिपिआर गरेर निर्माण सुरु गर्ने बताए।

  'तत्कालिन अवस्थामा रंगशालाको नाम र अन्य केहि बिषयमा बिबाद भएकै हो, अहिले त्यस्तो छैन, हामी उक्त स्थानमा आदिवासी रंगशाला निर्माण गर्ने सम्बन्धमा पार्टी भित्र गम्भीर छलफल मै छौं।  तत्कालै काम सुरु गर्छौं, उक्त स्थानमा आदिवासी संग्रहालय स्थापना गर्ने तैयारी समेत रहेको जानकारी गराउछु।', उनले भने।  

पुर्व-पश्चिम सडक खण्ड उत्तरमा पर्ने जंगली क्षेत्रले खासै उपलब्धि लिन नसकेको बताउदै उनले उक्त स्थललाई बागबानी केन्द्रको रुपमा बिकास गरेर रोजगारी सिर्जना गर्ने लक्ष रहेको समेत बताए।  
 
एमाले सरकारको साढे ३ वर्षको अवधिमा भौतिक पूर्वाधारको क्षेत्रमा निकै ठुलो फड्को मार्न सकिएको बताउदै धेरै अधुरा योजनालाई पूर्णता दिन आवश्यक रहेको बताए।  

जनताको तटबन्धन कार्यक्रम अनुसार रतुवा लगायतका खोलाहरुमा तटबन्धनका कार्यहरु धमाधम सुरु गरिएको, कतिपय खोलाको तटबन्धन निर्माणमा डिपिआर अगाडी बढिसकेको बताउदै उनले भने, 'भिउ टावर बनाउदा जल्नेहरु धेरै छन्, औधोगिक पार्क निर्माणबाट तर्सने पनि छन्, विकास हुनको लागि नेपालमा बजेट अभाव छदै छैन केवल इच्छा शक्तिको अभाव मात्र हो।'   

कृषि र पशुपालनको क्षेत्रमा समेत धेरै योजनाहरु आफ्नो पार्टीले घोषणापत्रमा समेट्न लागेको बताउदै मङ्सिर ४ को निर्वाचनले एमालेको स्थायी सरकार बन्ने कुरामा आफुहरु ढुक्क रहेको बताए। 

आफु आन्तरिक मामिला तथा कानुन मन्त्री रहदा शान्ति सुरक्षाको क्षेत्रमा समेत धेरै ठुलो आयाम थपेको जिकिर गर्दै नेता कार्कीले प्रदेश १ का १४ वटै जिल्लामा रहेका प्रहरी कार्यालयको भौतिक संरचना निर्माण गर्ने कार्यहरु भएको बताए।  गौरादह लगायतका केहि स्थानमा प्रहरी कार्यालय भवन निर्माण गर्ने क्रममा रहेको जानकारी गराउदै उनले गौरादहमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न जग्गा प्राप्ति गरिसकेको बताए।  
'गौरादह प्रहरी कार्यालय भवनको लागि जग्गा प्राप्ति भइसकेको छ, निकट भविष्यमा प्रहरी निरीक्षक सहितको दरवन्दी व्यवस्थापन गरि (क) श्रेणीको सुबिधा सम्पन्न प्रहरी कार्यालयको रुपमा गौरादह प्रहरीलाई विकसित गरिने छ।', कार्कीले भने।  
आफु मन्त्री रहँदा गौरादह पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकशित गर्न ३५ करोडको लागत अनुमान सहितको डिपिआर गरेर संघीय सरकारमा पठाएको तर प्रस्तावना स्वीकृत नहुदै आफुहरु सरकार बाट अलग्गिनु परेको कारण उक्त प्रस्तावना मन्त्रालयमै थन्किएको कार्कीको भनाई छ। 
'गौरादह पोखरी मात्र होइन विकास निर्माणका धेरै योजनाहरु गठबन्धनको सरकारले लथालिङ्ग पारिदिएको छ, अव यस्तो हुन नेपाली जनताले दिने छैनन्, गठबन्धन सरकार देशव्यापी रुपमा तिरस्कृत छ।', कार्कीले भने।  
  


    

Views: