d

नेकपाको नवौं महाधिवेशन सम्पन्न,  महासचिबमा पुनः विप्लव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कपिलवस्तु,२ असोज । नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुमा सम्पन्न नवौं महाधिवेशनले नेत्रबिक्रम चन्द बिप्लवलाई महासचिवमा पुनः चयन गरेको छ । ५ दिनसम्म चलेको महाधिवेशनले बिप्लवको नेतृत्वमा ८१ सदस्यीय पूर्ण केन्द्रीय समिति पनि निर्बाचित गरेको बताइएको हो।   

महाधिवेशनको बन्दसत्रले ८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ जना पछि थप्ने गरी ७८ जनालाई निर्बाचित गरेको छ । ४५ जना बैकल्पिक केन्द्रीय सदस्य पनि निर्बाचित गरेको छ । ४५ जना बैकल्पिक केन्द्रीय सदस्यहरूमध्ये ४२ जना केन्द्रीय सदस्य निर्बाचित भए । बाँकी ३ जना पछि थपिने नेकपा स्रोतले बताएको छ ।

महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्बाचित गरेको छ । प्रतिनिधि समितिमा १३२ जना निर्बाचित गरिएको छ भने ७ जना पछि थपिनेछ ।

नेकपाले केन्द्रीय समिति, बैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समितिसहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निर्माण गरेको छ । पूर्ण केन्द्रीय समिति (८१), बैकल्पिक केन्द्रीय समिति (४५) र प्रतिनिधि समिति (१३२)सहित २६५ जनाको समिति निर्बाचित गरिएको छ ।

महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र बिभागहरू चयन गर्नेछ । यद्यपी महाधिवेशनको आधिकारिक घोषणासभा हुन बाँकी छ । पूर्वी गर्जन अनलाइनबाट 

Views: