d

कमल-२ मा राष्ट्रिय युवा संघ नेपालले गर्यो शुभकामना आदानप्रदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कमल / नेकपा एमालेको भात्री संगठन राष्ट्रिय युवा संघ नेपालको कमल गाउँपालिकामा चाड पर्व सम्बन्धी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।  झापा लगायत मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।  

एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा राप्रपाको तर्फबाट केन्द्रिय सदस्य विक्रम अधिकारीको उपस्थिति रहेको थियो।  

आसन्न निर्वाचनको घर दैलो अभियानकै क्रममा आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको  २  नम्बर वडा कार्यसमिति समेत गठन गरेको बताइएको छ । 

नवगठित वडा कार्यसमितिको अध्यक्षमा अजित श्रेष्ठ सर्वसमत रुपमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा प्रकाश अधिकारी
सचिवमा कमल दङ्गाल तथा सह सचिवमा कृष्ण भण्डारी तथा कोषाध्यक्षमा इन्दिरा भण्डारी रहेका बताइएको छ।    

एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश, जिल्ला तथा क्षेत्रीय र स्थानिय अगुवा  नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। 
 

Views: