d

राजसंस्था त्यागेकै कारण मैले कांग्रेस छोडेको हो - भक्ती सिटौला 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा प्रदेश सभा सदस्य पदमा लागि उम्मेद्वारी दिएका भक्ति प्रसाद सिटौलाले नेपाली कांग्रेसले राजसंस्थाको एजेन्डा त्यागेर गणतन्त्र र धर्म निरपेक्षता रोजेकै आफुले कांग्रेस पार्टी त्यागेर राप्रपामा प्रवेश गरेको बताएका छन्।  हाल राप्रपा केन्द्रिय प्रवक्ता समेत रहेका सिटौलाले मङ्सिर ४ को चुनावी घर दैलो अभियानको सिलसिलामा झापा गाउँ पालिका स्थित कामाटोलीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै यसो भनेका हुन्।  

राष्ट्रबादी शक्ति एक जुट हुनु पर्ने बेला आएको भन्दै प्रवक्ता सिटौलाले कांग्रेस पार्टी भित्र बिचारिक विचलन आइसकेकोले अव मुलुकलाई कांग्रेसको आवश्यकता नरहेको जिकिर गरे।  

'२०६२/०६३ आगाडीको कांग्रेस अहिलेको जस्तो कांग्रेस थिएन, बिपीको आदर्श र गरिमालाई बोकेर हिडेको मुलुककै जेठो पार्टी नेपाली कांग्रेस  डर लाग्दो दलदलमा फसिसकेको छ।  कांग्रेसले आफ्नो आदर्शको रुपमा मान्दै आएको हिन्दु धर्म र संवैधानिक राजसंस्थाको एजेन्डा लिएर हिडेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र हो।' 
 
विचार र सिद्दान्त नै नमिल्ने अराष्ट्रिय तत्व माओबादी संग कांग्रेसले अपवित्र गठबन्धन गरेर समग्र राज्य प्रणाली माथिनै खेलवाड भएको उनले आरोप लगाएका छन्।    

एमाले र राप्रपाको तालमेलबाट सत्तारोढ गठबन्धन अत्तालिएको बन्दै सिटौलाले झापा-४ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार एल पी साँवालाई सुर्य चिन्हमा र आफुलाई हलो चिन्हमा मतदान गर्न आग्रह गरे।  

 

Views: