d

झापा - ५ का स्वतन्त्र उम्मेदवार तुलसी काफ्लेको घर दैलो अभियान तिब्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: सुशासन र दिगो विकासको नारा बोकेर झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनाव लड्न आएका स्वतन्त्र उम्मेदवार तुलसी काफ्लेले घरदैलो अभियानलाई तिब्रता दिएका छन्।  २९ दिन सम्म केपी ओलीको निर्वाचन क्षेत्रमा पैदल यात्रा पुरा गरेर उम्मेद्वारी दिएका अधिबक्ता काफ्लेले घरदैलो अभियानलाई तिब्रता रुपमा संचालन गर्न थालेका हुन्।  राजनीतिलाई पेशाको रुपमा लिनेहरुका कारण मुलुकको राज्य संयन्त्र ट्रयाक बाहिर पुगेको निष्कर्षमा पुगेका काफ्ले दलहरुको विकल्प स्वयम् दलहरुनै हुने जिकिर गर्छन्।  राजनीतिक दलको नेत्रत्व गर्नेहरुले अनुशासित हुन नसक्दा राज्य प्रणालीनै तहसनहस हुन पुगको बताउने काफ्ले नेताहरुलाई सच्याउनकै लागि आफुले उम्मेद्वारी दिएर खबरदारी गरेको बताउछन्।  सूर्यमुखी फुल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका काफ्ले अहिले मतदाताको घरघरमा पुगेर आफुलाई मतदान गर्न अपिल गर्दै छन्।  

Views: