d

नारायणगढ–बुटवल सडकखण्डको ठेक्का सम्झौता तोड्ने सडक विभागको चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने बताए । उनले भने, “चाडपर्वपछि सो सडकखण्डको स्थलगत निरीक्षण गरिने र त्यसपछि ठेक्का तोडिने या के गर्ने भन्नेबारे निर्णय गरिनेछ ।”  सडक विभागले यसअघि गत असोज ९ गते सूचना जारी गरी काम सम्पन्न हुनुपर्ने समयमा एक चौथाइ पनि काम हुन नसकेको, कामको गति ज्यादै सुस्त देखिएको, भएको सडकमा खाल्डो खनी सवारी साधन आवागमन गर्न नसक्ने बनाएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको थियो ।


काम सम्पन्न हुनुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्र काम भएको छ । सो आयोजनाको निर्माण अवधि गत साउन २२ गतेसम्म थियो । ४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । विभागले सूचनामार्फत सो कम्पनीलाई कात्तिक ५ गतेसम्मको समयसीमा तोकेको थियो । राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटबलबीचको दूरी बढीमा दुई घण्टाको हुने बताइएको छ । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ । image: Narayani online

Views: