d

रेखा थापाको घरदैलो अभियान,मतदातामा उत्साह (फोटाे फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उर्लाबारी । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उमेदवार रेखा थापाको हरेक दिनजसो चुनावी अभियान सञ्चालन भैरहेको छ । घामपानी दिनरात नभनी उनी जनताको घरदैलो गइरहेको छिन । जहाँजहाँ रेखा पुग्छिन , स्थानीयले उनको भव्य स्वागत गरिरहेका छन् । 


 रेखाले प्रभावकारी रूपमा चुनावी अभियान सञ्चालन गरिरहेकी छन् । उनले मतदाताका दृष्टिले महत्त्वपूर्ण मानिने क्षेत्रमा प्रभाव बढाउँदै गएकी छन् ।


घरदैलोका क्रममा रेखा मतदातासँग दोहोरो संवाद गर्छिन् । जनताको कुरा सुन्छिन् र समस्या टिपोट गर्छिन् । अनि आफूलाई मतदान गरेर विजयी गराउन आग्रह गर्छिन् ।

थापाको घर क्षेत्र नं ३ कै सुन्दरहरैँचा स्थित सलकपुरमा रहेता पनि उनी राजनीतिका लागि यस क्षेत्रको फ्रेस उम्मेद्वारको रुपमा चिनिन्छिन ।

थापासङ्गको भेटमा  मोरङ पथरीमा नागरिकले समेत पुरानो अनुहार देखी दिक्क भइसकेको आवाज निकालेका थिए । 

जनतामाझ थापा भन्छिन, म हारे पनि जिते पनि जनताकै साथमा हुन्छु । 
हामीले हालेको मतबाट व्यापारी र भ्रष्टाचारी फेरि चुनिएर गए भने पछुताउनुपर्ने दिन सुरू भइहाल्छ,’ उनले भनिन्।

थापासँग जनताले नेताले झुटो कुरा गरेको, समस्या जहाँको तहीँ छोडिदिएको, चुनाव जितेर गएपछि फर्केर नहेरेको, लालपूर्जा दिने आश्वासन बाँडेर भोट बटुलेको गुनासो गर्छन ।

त्यस्तो गुनासो गर्ने जनतालाई थापाले यसपालि मत बदल्न अनुरोध गर्छिन। ‘यसपालि मलाई भोट दिनुहोस्, जनताको कुरा सुनिनँ भने सप्तकोसी नदी कट्न नदिनुस्,’ थापाले भनिन्।

थापाले जनताको आँखामा छारो हाल्ने नेतालाई अब पन्छाउनुपर्ने बताइन्। ‘विगतमा तपाईंहरूको भोट व्यापारीलाई गयो, उनीहरूले तपाईंहरूको मत किनबेचे गरेका छन्,’ उनले भनिन्, ‘यसपालि संसदमा नयाँ अनुहारलाई जिताउनुहोस्।’ गरिब, निमुखा र सुकुम्बासीको आँखामा आँशु र अनुहारमा निराशा हुन नदिने उनले बताइन्।

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

 

 

Views: