d

राप्रपाले गौरीगन्जमा गर्यो शुभकामना आदानप्रदान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको गौरीगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।  राप्रपा गौरीगन्ज गाउँ कार्यसमितिको आयोजनामा दशैं, तिहार तथा छैट लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।  कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी आवद्द अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।  

कार्यक्रमका दौरान पार्टीका समानुपातिक उम्मेदवारहरुको परिचय गराइएको थियो।  

उक्त अवसरमा केन्द्रिय सदस्य तथा समानुपातिक उमेद्वार अम्बर विष्ट, केन्द्रिय सदस्य तथा वाणिज्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौला, जिल्ला उपाध्यक्ष तथा समानुपातिक  उम्मेदवार बिजय बराल, केन्द्रिय सदस्य बाबुराजा श्रेष्ठ , क्षेत्र नम्बर ५ का क्षेत्रीय कार्यसमिति अध्यक्ष तथा दमक वडा नम्बर ७ का निर्वाचित वडाध्यक्ष भिम पौड्याल, प्रदेश सभा (क) अध्यक्ष जय गुरुङ, स्वास्थ्य  बिभाग केन्द्रिय सदस्य डा सूर्यनारायण साह लगायतले शुभकामना  मन्तव्य प्रदान गरेका थिए।   

Views: