d

एलपी साँवाको पहलमा झापा ४ मा निर्माणको अन्तिम चरणमा रहेका तीनवटा अस्पताल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भिलझिले – झापा क्षेत्र नं ४ अन्तरर्गतका दुई नगरपालिकामा र एक गाउँपालिकामा निर्वतमान साँसद एलपी साँवाको पहलमा ४० शैयाका सुविधासम्पन्न अस्पताल निर्माण भइरहेका छन् । झापाको झापा गाउँपालिका स्थित शरणामतीको पश्चिमतर्फ एक भव्य भवन बनिरहेको छ । यो भवन हो १० शैया क्षमता भएको झापा आधारभूत अस्पतालको ।

७ करोड २५ लाख ९ हजार ८ सय ७७ रुपैयाको लागतमा अस्पताल बनिरहेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ‘एक पालिका एक अस्पताल’ बनाउने नीति बन्यो । सोही नीति अनुरुप यहाँका साँसद एलपी साँवाको सिफारिसमा यी तीनवटा अस्पतालको निर्माण सुरु भएको हो । यस्तो दुरगामी योजना बनाएर हरेक नागरिकलाई स्वाथ्यमा पहुच पुर्याउने सङकल्पलाई पुरा गर्न साँवाले यो क्षेत्रमा ठुलो भूमिका निर्वाह गर्नूभएको छ ।

झापाको पुरानो सदरमुकाम भएर पनि पिछडिएको यो क्षेत्रमा लामो समय अस्पताल निर्माण कसैको प्राथमिकतामा परेन । साँवाभन्दा पहिले पनि यहाँबाट जितेर गएका नेताहरु साँसद मात्र होइन मन्त्री पनि बने तर जनताको उपचार पाउने आधारभुत आवश्यकतातर्फ कसैको ध्यान गएको थिएन । साँवाले जनताका माग बमोजिम प्रारम्भिक चरणमा अस्पताल यी तीन पालिकामा अस्पताल निर्माणको सिफारिस गर्नुभएको हो ।

‘१० शैयाको अस्पताल बनिरहेको छ । सावाको पहल र सकृयतामा समयमै बजेट बिनीयोजन भएकै कारण अस्पताल निर्माणले द्रुत गती लिएको हो ’ शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा भन्नुहुन्छ ‘यी अस्पतालहरु निर्माण भइसक्दा मध्य झापाका मानिसहरु सामान्य दुख विमारको उपचार गर्न कहिले दमक त कहिले विर्तामोड जानुपर्ने बाध्यता हटेर जान्छ । ’

निर्वाचन क्षेत्र नम्बर ४ शिवसताक्षी नगरपालीकामा १५ शैयाको शिवगञ्ज अस्पताल र कनकाई नगरपालिकामा पनि १५ शैयाकै अस्पताल निर्माण भैरहेकाछन । यि तीनबटै अस्पतालहरुको भौतिक निर्माण अन्तिम चरणमा पुगेको छ । ‘केही सयम मै निर्माण सम्पन्न हुने र अर्को चरणमा अस्पताल सञ्चालन गर्ने तयारी छ ’ एक स्थानीय वासिन्दा भन्छन् ‘एलपी साँवाको दोस्रो कार्यकालको सुरुवाती चरणमा नै यी तीनवटै अस्पताल सञ्चालन हुने हाम्रो अपेक्षा छ । ’

आफ्नो पहल प्रयत्नमा निर्माण सुरु गरिएका अस्पताल देखेर साँवा पनि उत्साहित हुनुहुन्छ । ‘अस्पताल निर्माण धमाधम भैरहेको छ, मेरै पालामा शिलान्यास गरिएका यी अस्पताल अव मेरै पालामा सञ्चालन गर्छु’ साँवा भन्नुहुन्छ ‘अस्पाताल सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिक लाभान्भिव हुने छन् । ’

Views: