d

मङ्सिर ४ पछि गठबन्धन बढारिने निश्चित छ - ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/ नेकपा एमाले अध्यक्ष के पी ओलीले मङ्सिर ४ को निर्वाचनले गठबन्धन दलका उम्मेदवारहरु बढारिने बताएका छन्।  झापा निर्वाचन क्षत्र नम्बर ५ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा आयोजित कार्यक्रमहरुलाइ सम्बोधन गर्ने क्रममा ओलीले यसो भनेका हुन्।  झापा निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यको उमेद्वार समेत रहेका ओलीले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा एमालेका अधिकांश उमेद्वारहरु विजयी हुने ठोकुवा गरे। 

 'देश लुट्नकै लागि बनाइएको गठबन्धनलाई नेपाली जनताले यो पटक राम्रै सवक सिकाउने छन्, हामी पूर्ण बहुमतका साथ सरकार गठन गर्दै छौं।', ओलीले ठोकुवा गरे। 
आफ्नो नेतृत्वको सरकारलाई ढाल्नका लागि चौतर्फी सडयन्त्र गर्दा पनि हटाउन नसकेपछि न्याधिस लगाएर आफुलाई जवर्जस्ती हटाइएको बताउदै अध्यक्ष ओलीले परमादेशी सरकारलाई मङ्सिर ४ ले कहिल्यै उठ्न नसक्ने गरि ठेगान लगाउने बताए।   

'राष्ट्रिय प्रजातन्त्र पार्टी संग तालमेल भएका क्षेत्रमा हामी दुवै पक्ष इमान्दार भएर सहयोग आदानप्रदान गर्ने छौं।', ओलीले भने।
अध्यक्ष ओलीले आगामी मङ्सिर १८ गते दार्चुला बाट चुनावी कार्यक्रमको सुरुवात गर्ने जानकारी गराउदै निर्वाचनका दौरान करिव ४० जिल्लामा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने सेड्युल रहेको बताएका थिए ।  

आइतवार बिहान गौरीगन्ज ३ स्थित सत्संग मन्दिरमा पुगेका ओली र प्रदेश सभा (क) तर्फका उमेद्वार हिक्मत कार्कीले वडा नम्बर ६, २, ७, ८ मा आयोजित अलग अलग कार्यक्रमहरुलाई सम्बोधन गरेका थिए। 

 साँझपख गौरीगन्ज ३ स्थित गेउरिया खोलामा छट पर्व मनाउन उपस्थित रहेका भक्तजनहरु संग शुभकामाना आदानप्रदानमा समेत ओली सहभागी रहेका थिए।  
कार्यक्रमका अवसरमा राप्रपाका केन्द्रिय सदस्य तथा प्रदेश सभा समानुपातिक तर्फका उम्मेदवार अम्बर विष्ट लगायत समानुपातिक तर्फ कै  उम्मेदवार विजय बराल, भीमा पोर्तेल, गीता श्रेष्ठ लगायतका राप्रपा नेता कार्यकताहरु समेतको उपस्थिति रहेको थियो।  
अध्यक्ष ओलीले  सोमबार बिहान कमल गाउँ पालिका स्थित क्याम्पा बजारमा मतदाता संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको र मध्यान्ह  काठमान्डौ फर्किने बताइएको छ।        

 

Views: