d

यो भक्ति सिटौला पनि उस्तै रहेछ भन्ने मौका दिन्न - भक्ति सिटौला 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति प्रसाद सिटौलाले मतदाता भेटघाट अभियानलाई तिब्रता दिएका छन्।  बिहान सबेरै देखि निर्वाचन केन्द्रित भेठ्घाटमा सक्रिय रहने सिटौला राप्रपाका केन्द्रिय प्रवक्ता समेत हुन्।  उनि नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार रहेका छन्।  यस अघि प्रदेशसभा (ख) बाट निर्वाचित जनप्रतिनिधि बाट सोचे जस्तो विकास निर्माणमा ध्यान नदिएको बताउने सिटौला आफु निर्वाचित भएमा यस क्षेत्रका समस्यालाई संघीय र प्रदेशसभा बाट उचित ढंगले सम्बोधन गर्ने बताउदै मतदाता भेटघाटमा सक्रिय देखिएका छन्।  

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्गदेनलाई विजयी गराउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका सिटौला पेशाले कानुन व्यवसायी हुन्। 

'यस क्षेत्रका जनतामा नागरिकताको  समस्या निकै ठुलो देखिएको छ, यसलाई उचित ढंगले सम्बोधन गर्नुपर्ने अवस्था रहेको छ।', सिटौला बताउछन्।  
'म केहि गर्न आएको छु, गरेरै छाड्छु, मेरो कार्यकाल गौरवमय बनाउछु, यो सिटौला पनि उस्तै रहेछ भन्ने मौका दिन्न।', आफ्ना प्रतिवद्दताहरु जनता सामु राख्दै सिटौला भन्छन्।  

'झापा गाउँपालिका र गौरिगंज गाउँपालिकालाई जोड्ने सडक संजालको विकास हुन नसक्दा यस क्षेत्रका जनताले विकासको अनुभुती गर्न पाउनु भएको छैन।  मैले जित्ने बित्तिकै मेरो ध्यान यसतर्फ केन्द्रित हुनेछ।', सिटौला बताउनु हुन्छ।  

 समानुपातिक बिकासमा छलाङ्ग मार्नु जरुरी देखिएको बताउने सिटौला नेकपा एमालेको साढे तिन महिनाको सरकारले राष्ट्र गौरवको आयोजनाको रुपमा निर्माण गरेको हुलाकी राजमार्गका कारण यस क्षेत्रका बासिन्दाले गौरव अनुभव गरेको बताउछन्।  

हुलाकी राजमार्गले झापा गाउँपालिकाबासीलाई उत्साहित बनाएको छ, बिरिंग र माईमा पुल बनेपछि मात्र हुलाकी राजमार्गलाई पूर्ण रुपमा उपयोग गर्न सकिने अवस्था छ।', सिटौलाको भनाई रहेको छ।  

 

यस्ता विषय समेटिएका छन् राप्रपाको चुनावी घोषणापत्रमा 

॰ पूर्ण समानुपातिक संसद
॰ जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
॰ अभिवावकीय संस्थाका रूपमा राजा
॰ प्रदेशको खारेजी,केन्द्र र बलियो स्थानीय तह
॰ सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको बैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र
॰ निःशुल्क तथा समान स्वास्थ्य,शिक्षा र न्याय 
॰ युवालाई स्वदेशमै रोजगारी
॰ एक व्यक्तिले दुईपट्क भन्दा धेरै पार्टीको अध्यक्ष /प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाईने
॰ नेपाल बन्द सधैंका लागि बन्द / राप्रपाले नेपाल बन्द जस्ता कार्यहरू कहिल्यै गर्ने छैन।
॰ २०४६ पछिका उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्ति छानवीन गर्न नागरिक आयोगको गठन

Views: