d

गठबन्धन संविधानको रक्षाका लागि बनेको हो - माधव नेपाल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन संविधान रक्षाको लागि बनेको बताएका छन्।   धनुषा मा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसो भनेका हुन्।  

 एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरूले विद्रोह गरेको बताएका छन् ।

जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाइ बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको अध्यक्ष नेपालको आरोप थियो । 'गठबन्धन संविधानको रक्षाका लागि बनेको हो', उनले भने । 

संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अवधारणा अघि सारिएको उनले बताए ।  आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी उनले गरे ।

Views: