d

१० प्रतिशतले राजनीति गर्ने, ९० प्रतिशतलाई काम - लाटोकोसेरो (कुराकानी)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा लाटोकोसेरो चुनाव चिन्ह लिएर नेसनलिस्ट पिपुल्स पार्टीको तर्फबाट उम्मेद्वार रहेका युवा व्यक्ति हुन् राजन चुडाल । 
९० प्रतिशत व्यवसाय र १० प्रतिशत राजनीति गर्ने उद्देश्यले स्थापित नेसनलिस्ट पिपुल्स पार्टीको मुख्य भिजन नै देशमा उद्योगधन्दाको विकास गरि युवाहरूलाई क्षमता अनुसारको रोजगारीका अवसर सिर्जना गर्ने सैद्धान्तिक उद्देश्यका साथ स्थापित यस पार्टीमा सदस्यता लिनेहरुलाई निशुल्क जीवन बिमा गरिदिने लक्ष साथ चुनावी प्रचारप्रसार अभियानलाई समेत तिब्रता दिएको छ । प्रस्तुत छ मंसिर ४ मा हुने निर्वाचनकै परिधिभित्र रहेर राजन चुडाल संग पत्रकार
सान नेपालले गरेको कुराकानी-

 

तपाईंको मुख्य प्रतिस्पर्धा को संग हुन्छ ?

एमाले अध्यक्ष के पी ओली संग ।

खगेन्द्र जी नी? 

खासै चिन्दिन । वहाँ संग मेरो भेट भएको छ जस्तो लागेन । 

 

तपाईंले किन उम्मेद्वारी दिनु भएको ?
नेसनलिस्ट पिपुल्स पार्टीको सिद्धान्त र आदर्श तथा मूल्य मान्यतालाई स्थापित गर्दै संसदमा प्रतिनिधित्व गर्न ।

 

जित्नुहुन्छ त ?

४५ हजार भोट ल्याएर जित्छु । 

 

पक्का जित्नुहुन्छ ? 

१०० प्रतिशत । यसमा कुनै शंका छैन । 

ओली जी पराजित हुनुहुन्छ त ?
वहाँ मेरो हजुरबुबा हो । यो निर्वाचन संगै वहाँले आराम गर्नुपर्छ । नातीले जित्यो भने हजुरबुबाले हार्नु भो भन्ने हुदैन । 

जितेर के गर्नुहुन्छ ?
संसदमा यस क्षेत्रको प्रतिनिधित्व गर्छु । यहाँका समस्याहरु उठाउछु । उद्योगधन्दाको बिकास गर्छु । त्यसको लागि राज्यले सहि नीति अख्तियार गर्नुपर्छ । नीतिनिर्माता तहमा पुगेर राज्यमा औद्योगिक क्रान्तिको सुरुवात गर्छु । 

कसरी खोल्नुहुन्छ उद्योगधन्दा?
हाम्रो अध्यक्षज्यू नै बहुराष्ट्रिय कम्पनीको संचालक हुनुहुन्छ । वहाँ संग धेरै बिदेशी लगानीकर्ताको सम्पर्क छ । उपयुुक्त औद्योगिक नीति नहुदा यहाँ बिदेशी लगानी सम्भव छैन । निति तर्जुमा गर्न अहिलेको शासन सम्हालेकाहरु संग कुनै चिन्तन छैन ।

राजनीति के हो ? व्यवसाय के हो ?

राजनीति सेवा हो । व्यवसायको अभावमा राजनीति गर्दा भ्रष्टाचार बढ्छ म भ्रष्टाचार नियन्त्रण गर्ने उपाय कै खोजी गरेर नेसनलिस्ट पिपुल्स पार्टीको स्थापना भएको हो । 

तपाईंको पार्टीको खास विशेषता चाहिँ के हो? 
१० प्रतिशतले राजनीति गर्ने, ९० प्रतिशतले काम गर्ने, पार्टीको हरेक सदस्यलाई रोजगार । 

अन्त्यमा के भन्नुहुन्छ ?

तपाईंको सञ्चारमाध्यम प्रती आभार प्रकट गर्दछु । यो पटकको निर्वाचनमा हामी लाटोकोसेरो चुनाव चिन्ह लिएका नेसनलिस्ट पिपुल्स पार्टीका उम्मेद्वारलाई अत्याधिक मत दिएर बिजयी गराइदिनु हुन आम मतदातामा अनुरोध गर्दछु ।

Views: