d

मोरंग - ४: एमालेको सम्रिद्दी यात्रामा विनोद ढकालको उदय

Views:
Responsive Image Gallery
Responsive Image Gallery


विराटनगर : यतिखेर चुुनावी प्रचार तीव्ररुपमा चलेको छ । एमालेले समृद्धिको नारालाई लिएर जनतामाझ गएको छ । अरु गठबन्धनहरु राजनीतिक मुद्धालाई प्राथमिकतामा राखिरहेका छन् । तर, मोरङ क्षेत्र नम्बर ४ बाट एमाले उम्मेदवार बनेका विनोद ढकाल भने जनजीविका र समृद्धिको नारा लिएर अघि बढिरहेका छन् । उनी भन्छन्, ‘हाम्रो मुख्य एजेण्डा समृद्धिको हो ।’

यस क्षेत्रका सबै भाषाभाषी र समुदायको समस्या राम्रोसँग बुझेका ढकाल पहिलो पटक निर्वाचित भएर संसदमा डेब्यू मार्ने तयारीमा छन् । हरेक टोलटोलमा जाँदा उनले भनेका छन्, जनताका समस्या उठाउन सक्ने एमालेमात्रै हो ।

हुन त त्यस क्षेत्रमा नेकपा एमालेले एकपटक पनि जितेको छैन् । एमालेले त्यहाँ नजिते पनि पुष्पलाल चौक, घिनाघाट, झोराहाट, नेता चौक, हरैँचाहुँदै विराटचौक सम्म पुग्ने सडकको कायापलट एमालेको नेतृत्वमा बनेको प्रदेश सरकारले गरेपछि त्यस क्षेत्रका जनतामा एमालेप्रति विश्वास पनि जागेको छ ।

त्यस क्षेत्रका बासिन्दा किशोर चौधरी यसपटक एमालेले यो क्षेत्रमा गरेको यो विकास नै निर्वाचन जित्ने आधार बनेको बताउँछन् । करिब दुई अर्ब लगानीमा कोरोना महामारीका बिच लगभग सडक निर्माण भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राईले शिलान्यास गरेको यो सडक प्रदेश सरकारको गौरवको आयोजना हो । यसले विराटनगरलाई जोड्ने मात्र होइन् विराटनगर आउनका लागि एक नम्बर प्रदेशका बासिन्दाहरुलाई सजिलो पनि बनाएको छ । भने ४ नम्बर क्षेत्रको जनजीवन र आर्थिक स्तरलाई समेत सुधार गरेको छ ।

एमालेका नेता सागर थापा भन्छन्, ‘यस पटक ढकालले जितेपछि यस क्षेत्रका जनता र एमालेको समृद्धिको यात्रा सँगसँगै बढ्छ, किनकी यस क्षेत्रमा एमालेले समृद्धिको यात्रा विशाल सडक बनाएर खोलिसकेको छ ।’

Views: