d

रेखा थापा लाई मतदाताले भने– देशको शीर उँचो राख्नू

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुरानो नेतृत्वले देशको शीर झुकाएको र अब युवापुस्ताले शीर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शीरमा ढाकाटोपी लगाइदिएका हुन् ।

आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट प्रभावित रहे पनि अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाकाटोपी लगाइदिएर स्वागत गरेका हुन् ।

कलाकारसमेत रहेकी थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा खटिएकी छन् । चलचित्र उद्योगमा सफल अभिनेत्रीको रुपमा चिनिएकी उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा छिन् ।

मोरङ–३ मा थापा, सत्तारुढ गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा, एमालेका भानुभक्त ढकालसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Views: