d

विकासको गतिलाई कसैले रोकेर रोकिदैन: राजेन्द्र लिङदेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा। क्षेत्र नं ३ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले विकासको गतिलाई कसिले रोकेर नरोकिने बताएका छन्।  झापामा राप्रपा र नेकपा एमालेको दोस्रो आमसभालाई आज हल्दिबारी १ गोल्धापमा सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले यसो भनेका हुन्।  कार्यक्रममा  प्रदेश सभा सदस्य उम्मेदवार छविलाल चुडालले समेत सम्बोधन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले , विकास बिरोधी तत्व रोक्न दुई पार्टीको बिच चुनावी तालमेल भएको र आफ्नो पालोमा पहिलो पटक यो क्षेत्रमा विकासको सुरूवात भएकोले बाँकी कार्य सम्पन्न गर्न पनि आफूलाई मतदान गर्नुपर्ने र जनताको मतलाई खेर जान नदिने धारणा राखेका थिए।

सम्बोधन कै क्रममा आफूले गरेको विकास निर्माणका कार्यहरूलाई कांग्रेसले आफूले गरेको भनेर भ्रम छरिरहेकोले त्यस्तो हावा कुराको पछि नलाग्न आग्रह गरेका थिए।

उनले भने “समयमै सहि नेता चुन्न नसक्दा धेरै वर्ष सम्म पछुताएका जनताहरूले अव गल्ती नगर्ने कुरामा आफू ढुक्क भएको विश्वास व्यक्त गरेका थिए ।
झापा ३ ले आफू सांसद भएपछि विकास के हो देख्न पाएको भन्दै उनले विकासको सिलसिला अव कसैले रोक्न नसक्ने धारणा राखेका थिए।
शिक्षा, स्वास्थ्य निशुल्क र रोजगारको अवसर नेपालमै सिर्जना गर्ने पहिलो लक्ष्य रहेको भन्दै लिङदेनले मतदान गर्दा धेरै सोचेर गर्न आग्रह गरेका थिए।

यस्तै प्रदेश सभा सदस्य उम्मेदवार चुडालले सभालाई सम्बोधन गर्दै देशलाई लुट्नका लागि गरिएको गठबन्धन हराउन जनसमुदायलाई आग्रह गरेका थिए।
देशलाई वैदेशिक हस्तक्षेपको जालोवाट मुक्त गर्न देशभक्त पार्टीहरूको तालमेल भएको र देश बचाउन सवै लागिपर्नु पर्ने आवश्यकता भएकोले राप्रपा र एमालेको तालमेललाई भोट हाल्न आग्रह गरेका थिए।
झापाकै कर्णाली को रुपमा परिचित ३ नं क्षेत्रलाई विकासको गति दिने लक्ष्यले युवाहरुको टिम चुनावी मैदानमा रहेको र जित्नै पर्ने आवश्यकता भएकोले दायाँ बायाँ नसोची मतदान गर्न आग्रह गरेका थिए।
उनले प्राकृतिक रूपमा सम्पन्न यो क्षेत्रको प्राकृतिक सम्पत्तिको संरक्षण गर्दै पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए भने कृषक का लागि आवश्यक मल बिउ समयमै उपलब्ध गराउने अर्को लक्ष्य रहेको बताएका थिए।
नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भारतेन्दुकुमार मल्लिक , हरी राजवंशी, लक्ष्मण पाठक लगायतले सम्बोधन गरेका थिए भने दुवै पार्टीका नेता था कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन राप्रपा हल्दिबारीका सहसचिव योगेश कार्कीले गरेका थिए।

Views: