d

साल्ट ट्रेडिङले बिक्रि गरेको रासायनिक मल गुणस्तरहिन भएको किसानको गुनासो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापा गौरादह वडा नम्बर ५ का किसान राजु प्रसाईंले बुधवार सवेरै खेतीमा हाल्नको लागि मलको बोरा खोल्छन्।  खोल्ने बित्तिकै उनले बोरा भित्र कालोरंगको ढुंगा देख्छन्।  उनलाई लाग्छ यो त डल्ला परेको मल हो।  उनि त्यसलाई  हातले फुटाउन प्रयास गर्छन तर फुट्दैन।  

उनले उक्त मलको बोरा स्थानिय डिपो बाट खरिद गरेको बताएका छन्।  

'हिजो दिनभरी लाइनमा बसेर मल ल्याइयो।  खोतलेर हेर्दा सबै ढुंगा मात्र छ।', प्रसाई  भन्छन्।  

 

 

प्रसाई मात्र होइन बुधवार एउटै लाइनमा बसेर मल खरिद गर्ने किसानहरु गोपाल राई, मदन तिम्सिना र कुमार पौडेलले खरिद गरेको मलमा समेत उस्तै समस्या देखिएको छ।  

स्थानिय कृषक मदन तिम्सिना भन्छन्, 'महँगो मुल्य हालेर खरिद गरेको मल ड्यामेज भएको रहेछ।  यसमा त पोषकतत्व समेत हुदैन। बालीनालीमा यस्तो मल हाल्नु भन्दा त नहालेकै बेस हुन्छ। '
उक्त मल साल्ट ट्रेडिङको भएको बताइएको छ । 

नोट: यस सम्बन्धमा पर्दाफासको निरन्तर फलोअप रहनेछ  

Views: