d

युवा नेता हरि तिवारीको पहलमा ४ दर्जन युवाहरु राप्रपा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा क्षेत्र नम्बर ३ मा ४ दर्जन युवाहरू राप्रपा प्रवेश गरेका छन् । राप्रपा युवा संगठनका केन्द्रिय सदस्य हरि तिवारीको पहलमा ५० भन्दा बढी युवाहरले राप्रपा रोजेका हुन् । प्रवेश गर्ने अधिकांश युवाहरु   नेपाली कांग्रेस आवद्ध रहेका बताइएको छ । नव प्रवेशीहरुले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा मन परेकै कारण राप्रपा रोजेको बताएका छन् । उनीहरुले आगामी निर्वाचनमा राप्रपा बलियो शक्तिको रूपमा उदाउने र भ्रष्टाचारी र देशद्रोही सोच भएकाहरु बडारिने बताए । 

Views: