d

झापा -३ माओबादी कार्यकर्ताको सामुहिक राजिनामा, गठबन्धनमा भुँइचालो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सिटौलालाईलाई लाग्यो धक्का

झापा: झापाको बाह्रदशी गाउँपालिकाबाट १२४ जनाले माओबादी कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।   उनीहरुले माओबादी केन्द्रले आफ्नो मूल सिद्दान्त र आदर्शलाई तिलान्जली दिएर अवसरबादी कित्ता रोजेको हुनाले सामुहिक रुपमा पार्टी परित्याग गरेको बताएका छन्।  

पार्टी परित्याग गर्नेहरु अधिकांश साविक चकचकी गाविसमा स्थायी बसोबास गर्ने पार्टीका प्रदेश, जिल्ला र स्थानिय कमिटिका जिम्मेवार कार्यकर्ताहरु रहेको बताइएको छ।  

उनीहरुले विज्ञप्ति जारी गर्दै जनयुद्दको पृष्ठभुमीको स्मरण गर्दै उनीहरुले अवसरबादीलाई काँधमा बोकेर हिडेको भन्दै पार्टी नेतृत्वको कडा आलोचना गरेका छन्।

निर्वाचन हुन १ हप्ता मात्र बाँकी रहेको बेला माओबादी कार्यकर्ताले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेपछि गठबन्धन कमजोर बन्न पुगेको छ।  यसबाट गठबन्धनका उम्मेदवार कृष्ण सिटौलालाई गम्भीर ढक्क पुगेको चर्चा चल्न थालेको छ।   

क्षेत्र नम्बर ३ मा राप्रपा-एमालेले तालमेल गरेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन चुनावी मैदानमा छन् भने गठबन्धनको तर्फबाट कांग्रेस नेता कृष्ण सिटौला उम्मेदवार रहेका छन्।      

यस्तो छ पार्टी परित्याग गर्नेहरुको सामुहिक विज्ञप्ति 

No photo description available.

 

No photo description available.

 

No photo description available.

 

No photo description available.

 

No photo description available.

 

No photo description available.
 

Views: