d

अमेरिकी राष्ट्रपति बाइडेन र चिनिया राष्ट्रपति सीबीच इन्डोनेसियामा भेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

अमेरिकी राष्ट्रपति जाे बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएकाे छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डाेनेसियाकाे बालीमा आज साेमवार बाइडेन र सीबीच भेट भएकाे हाे ।    


भेटमा बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जाेड देइका छन्  । उनले ताइवानका विषयमा अमेरिका र चीनले आफ्ना धारणा तय गर्ने बताए । यस्तै भेटमा सीले दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन्  । उनले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका र मानिसले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राखेका छन् ।

जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न सबै देशको दिमागमा रहेको पनि बताए । भाेलि मङ्गलवार सुरु हुने जी–२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेसियामा छन् ।

Views: