d

 प्रचण्डले गुन्डा पठाएर मान्छे कुट्न लगाएको ओलीको आरोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालत देखिएको बताउनु भएको छ ।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गुन्डा पठाएर मान्छे कुट्न लगाएको आरोप लगाउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले माडीमा आउँदा भनेको थिए मणि बनाउनतिर जान्छु भनेर । मैले राम र लक्ष्मण जन्मिएको ठाउँमा राम लक्ष्मणहरू बसेको र राज गरेको ठाउँमा बचपन हुँदा खेलेका होलान्। त्यो ठाउँमा राम जन्मभूमि ल्याउँदा यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए।’

उहाँले एमालेसँग दुस्मनी साँधे आफैँ सकिने पनि बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सीता राम, लक्ष्मणहरूसँग पनि दुस्मनी गर्ने पनि सकिन्छन्। अहिले उकालोतिर लागेका छन् । गोरखामा पनि हालत के रहेछ भनेर थाहा पाइसक्यौँ। मान्छे कुट्न थाले। खाना खाइरहेको ठाउँमा गुन्डा पठाएर बोतलै बोतलै हानेर टाउको फुटाउनतिर लागे।’

ओलीले प्रतिगमन गर्यो भनेर लोकतन्त्रको रक्षा गर्न आएका भन्नेहरूले बियरको बोतल बोकेर अर्काको टाउकोमा हान्न लगाएको आरोप लगाउनुभयो ।

Views: