d

 तपाईं मत बदल्नु होस्, म निर्वाचन क्षेत्रको विकास गर्छु - डा. खगेन्द्र अधिकारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका डा. खगेन्द्र अधिकारीले मतदाताहरुले यो पटक मत बदलेर नयाँ पुस्ताका असल व्यक्तिलाई छनौट गर्नुपर्ने बताएका छन्। निर्वाचन प्रचार प्रसारका सन्दर्भमा नेता अधिकारीले के पी ओली जस्ता भिजन नभएका नेताले वारम्बार जितेर गएकै कारण पनि विकासका नाममा सिन्को नभाचिएको बताएका छन्। विकास हुनका लागि उपयुक्त भिजन र तौर तरिका आवश्यक हुने बताउदै उनले दिगो विकासका लागि आफ्ना ६ वटा योजना रहेको र उक्त योजनाको बारेमा आफ्नो निर्वाचन घोषणापत्र तथा अपिलमा स्पष्ट रुपमा उल्लेख गरिएकोले एक पटक अध्ययन गरिदिन आग्रह गरे।  'तपाईं मत बदल्नुहोस, म निर्वाचन क्षेत्रको विकास गर्छु', अधिकारीले मतदातासामु भने।     

Views: