d

झापा ५ मा घन्टी क्रेज, गाउँगाउँमा पुगे कार्यकर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: निर्वाचनको मिति नजिकिदै जाँदा रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा प्रचारप्रसार अभियानलाई तिब्र बनाउन थालेको छ।  मुलुकमा व्याप्त हरेकखाले समस्याको निकास निकाल्न पुराना नेता विस्तापित गर्नेपर्ने बताउदै नयाँ दल खोलेर चुनावी प्रतिस्पर्धा मा निस्किएका रवी लामिछानेले एमाले अध्यक्ष के पी ओलीको निर्वाचन क्षेत्र झापा - ५ मा प्रचार अभियानलाई गाउँ केन्द्रित गरेका हुन्।  

'रवि लामिछानेको पार्टीका उम्मेदवार घन्टी बजाउदै गाउँगाउँमा पुगेर मतदातालाई आकर्षण गर्न प्रयास गरिरहेको पाइन्छ, म पनि यो पटक घन्टीलाई नै भोट हाल्ने मनस्थितिमा छु।', यो भनाइ हो गौरादह ४ का मनोज श्रेष्ठको।  

त्यस्तै गौरादह ४ धर्धरेका हरिकृष्ण पौडेल भन्छन्, 'रवी लामिछानेले मात्र मुलुकमा केहि गर्न सक्ने रहेछ, यो पटक त हाम्रो परिवारको सबै भोट घन्टीमै जान्छ।'

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता देवी पाठक विद्यार्थी काल देखिने नेकपा एमालेको विचारधारा बोकेर हिडेका युवा हुन्।  अहिले उनि मुलुकको भयावह अवस्था निम्तिनुमा ब्रिद्द नेताहरु नै दोषी रहेको निष्कर्षमा पुगेका छन्।  उनि भन्छन् , 'के पी ओलीको रवैयाकै कारण मैले लामो संघर्ष गरेको एमाले पार्टी  छोडेर विकल्पमा लागेको छु।'

निर्वाचन प्रचारप्रसारको दौरानमा गौरादह ४ धर्धेरेमा घन्टी बजाउदै पुगेका पाठकले भने, 'अवको विकल्प भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो।'  

Views: