d

मतदान गरेपछि अध्यक्ष लिङ्देनको भनाई, ‘मतदातामा उत्साह देखियो’

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले मतदान गरेका छन्।

झापा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेसँग चुनावी तालमेल गरेर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका लिङदेनले हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालय गोलधाप मतदान केन्द्र ९ख० बाट मतदान गरेका हुन ।

उनले आज बिहान ११ः३५ मिनेटमा मतदान गरे । मतदान पश्चात् प्रतिक्रिया दिँदै उनले भने, ‘मतदाता उत्साहित छन्।’

‘यो निर्वाचन एउटा व्यक्ति चुन्ने र पार्टी चुन्ने मतदान होइन’, उनले भने, ‘यो मतदान आम मतदाता र देशको भविष्य जोडिएको छ ।’

Views: