d

मुस्ताङबाट कांग्रेसको विजयी सुरुवात, २९ वर्षे योगेश बने पहिलो सांसद 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोखरा । मुस्ताङमा कांग्रेसका योगेश गौचन निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यमा उनले एमालेका प्रेम तुलाचनलाई पछि पार्दै संसद् यात्रा पक्का गरेका हुन् ।

लामो समय कांग्रेसको एकछत्र राज रहेको मुस्ताङमा २०७४ को चुनावमा कांग्रेसकै नेता प्रेम प्रसाद तुलाचन एमालेबाट उठेर कांग्रेसका रोमी गौचनलाई हराएका थिए ।

योगेश उनै रोमीका छोरा हुन् । योगेशले  ३ हजार ९९२ मत पाउँदा निकटतम प्रतिस्पर्धी तुलाचनले ३ हजार ७८ मत पाए । मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो । ०७४ मा मुस्ताङका तीनै सिट अधिक मत सहित एमालेले जितेको थियो ।

Views: