d

मतपत्र साटिएपछि  तेह्रथुमको छथरमा पुन: मतदान हुने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

तेह्रथुम । तेह्रथुमको  छथर गाउँपालिका- १ आङ्दिम वडा कार्यालय (ख)  मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको हो । 
मतपत्र साटिएपछि सर्वपक्षीय छलफलले पुन: मतदान गर्ने निर्णय गरिको बताइएको छ।  

उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ ।

उक्त केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए ।

Views: