d

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही जित नजिक 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

६ मंसिर, काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तर कायम गरेका छन्।  उनले  ६ हजार ९२७ मत गणना हुँदा  ४ हजार ९१ मत प्राप्त गरेका छन्।  नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । 

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् ।


 

Views: