d

झलनाथ खनाल उम्मेदवार रहेको इलाम-१ मा मतगणना अवरुद्द 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

इलाम क्षेत्र नम्बर - १ मा मतगणना अवरुद्द भएको छ।  नेकपा (एस) का नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को मतगणना अवरुद्ध भएको हो।  मतगणना जारी रहेकै बेला दलका प्रतिनिधिहरुले मतपत्रका बाकसमा सिलबन्दीप्रति प्रश्न उठाउँदै विरोध गरेपछि अवरुद्ध भएको बताइएको हो।  

यो क्षेत्रमा नेकपा (एमाले) का महेश बस्नेत र झलनाथ खनालबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अधिकृत दीपकुमार दाहालले केही प्राविधिक कारणले गणना अवरुद्ध भएपनि सहमति जुटाउने प्रयास जारी रहेको र केहीबेरमा गणना सुचारु गर्ने प्रतिक्रिया दिए। रातोपाटीको सहयोगमा 

Views: