d

झापा ३ मा सिटौला निकै पछि परे, कहिले आउला नतिजा? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भद्रपुर, मंसिर ८ । झापा क्षेत्र नम्वर ३ मा हाल सम्म ६०७२५ मतगणना भैसक्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन जितको नजिक पुगिसकेका छन्।  सुरुवाती अवस्था देखिने अग्रता गर्दै अघि बढेका लिङ्गदेनले नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलासंग ३ हजार ३ सय ५४ मतान्तर कायम गर्न सफल भएका हुन्।  

प्राप्त मतपरिणाम अनुसार लिङ्देनको २८ हजार २ सय ४८ तथा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाको २४ हजार ८ सय ९५ मत रहेको छ ।

जिल्ला समन्वय समिति झापाको कार्यालयमा गणना जारी रहेको छ।   यस निर्वाचन क्षेत्रमा कुल ६८ दसमलब २० प्रतिशत अर्थात ८९ हजार ६ सय ३७ मत खसेको थियो ।
अहेली सम्म गणना भएको ६०७२५ बाहेक २८९१२ मत गणना गर्न बाँकी रहेको छ।  

प्रदेशसभातर्फ भने ३(१) मा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी र ३(२) मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनिसकेका छन् ।

Views: