d

पाँचथरबाट एमालेका वसन्तकुमार नेम्वाङ ४७ मतले निर्वाचित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ४७ मत बढी ल्याएर निर्वाचित भएका छन्।   उनले नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।


 नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।

नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेम्बाङले २०७४ सालमा पनि आङ्देम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 जिल्लाको प्रदेश सभा (क) सत्ता गठबन्धनका कमलकुमार जवेगर र (ख) पनि गठबन्धनकै ईन्द्रबहादुर आङ्बो निर्वाचित भएका छन्।  

Views: