d

दाेलखामा एमालेका बालकृष्ण शिवाकोटीकाे अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
दोलखा - दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ ।

No description available.

No description available.

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीलाई करिब १ हजार ५ सय ३ मतले पछि पार्दै शिवाकोटीले अग्रता लिनुभएको हो । अहिलेसम्मको मतगणनामा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादीका कार्कीले १४ हजार ७१५ मत प्राप्त गर्नुभएको छ ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेकाे थियाे । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

Views: