d

धर्मदेवी नगरपालिकाको भवन वषौँ देखि अलपत्र, भाडाको घरमा कार्यालय 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सङ्खुवासभा १८, मंसिर
सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य करिब २ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको ठेक्का पाएको स्वामी नारायण बिनायक जे.भी ले काम बिचैमा छाडेर हिंडेपछि नगरपालिकाको  भवन निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार उक्त कम्पनीले सम्झौता भएको मिति देखि काममा कुनै चासो देखाएको छैन । ‘पटकपटक सम्पर्क ग¥यौँ उहाँले त्यसमा कुनै चासो देखाउनु भएन खनालले भन्नुभयो, सम्झौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न गरि नगरपालिकालाई बुझाउनुपर्नेमा अहिलेसम्म दुई÷तीन प्रतिशत पनि काम भएको छैन ।’
धर्मदेवी नगरपालिका–३ मुढेशनिश्चरेमा कुल ५ करोड २६ लाख ६१ हजार ५ सय ८३ रुपैँयामा भवन निर्माणका लागि काम गर्ने सहमतिमा सो कम्पनीले ठेक्का पारेको थियो । वि.सं. २०७८ पौष २८ गते भएको सम्झौता अनुसार २०८० पुष २८ गते  भित्र निर्माण कार्य सम्पन्न गर्ने सहमति भएकोमा सो मिति गुज्रिन लाग्दा पनि भवन निर्माण कार्य यता न उताको भएको हो ।
जिल्लाको १० वटा स्थानीय तह मध्ये अधिकांश पालिकाको आ–आफ्नै भवन छ तर  स्थानीय तहको पहिलो पाँच वर्षे कार्यकाल सकिएर यतिका बेला आइसक्दा पनि अघिल्लो सरकारको उदासिनता र ठेकेदारको लापरवाहीले नगरको आफ्नै भवन नबन्दा सेवाग्राही चिन्तित भएको स्थानीयबासी छिरिङ् शेर्पाले बताउनुहुन्छ ।

स्थानीय कामदार पेमदोर्ची शेर्पाका अनुसार उक्त ठेकेदारले काम लगाएर भुक्तानी नदिँदा आफु मारमा परेको गुनासो गर्नुभयो । पैसा आउने आसमा धेरै काम गरिसके, भएजति सबै लगानी भइसको, अहिलेसम्म एक रुपौँया पाएको छैन, उसलाई फोन गर्दा सम्पर्कनै हुँदैन शेर्पाले भन्नुभयो
ठेकेदारको लाहपरवाईका कारण भवन नबन्दा अहिले कार्यालय भाडाको कोठाबाट संचालित छ । साँगुरो र अब्यवस्थित कार्यालयका कारण सेवाप्राह सहज छैन । वडा नं ३ का वडाअध्यक्ष श्यामबहादुर पौडेलले बताउनुभयो ।
नगरपालिकाका मेयर उदयचन्द्र पौडेलले भवन निर्माणको सम्झौता अघिल्लो सरकारको पालोमा भएपनि आफू निर्वाचित भएर आएपछि पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकोले अब कानुन बमोजिम कारवाहीको प्रक्रियामा जानुको विकल्प नभएको बताउनुभयो ।

 

Views: