d

गाडी, मोटरसाइकल र रक्सी आयात खुला गर्ने सरकारको सैद्धान्तिक निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 
काठमाण्डाै, २१ मङ्सिर,– सरकारले विदेशबाट विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको  छ ।

आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गाडी, मोटरसाइकल र मोबाइलसहितका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सैद्धान्तिक निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बताएका छन्  । आजको बैठकले विदेशी मुद्राको सञ्चिति केही बढेको र आयात प्रतिबन्ध लम्बाउँदा भन्सार राजस्वमा कमी आएर सरकारी कोष समस्यामा पर्ने निष्कर्षसहित आयात खुला गर्ने निर्णय गरेको गहतराजको भनाई छ।  
अब अर्थ मन्त्रालयको सहमतिसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात खुलाउने प्रस्ताव पेस गर्ने र पारित भएर राजपत्रमा प्रकाशन भएपछि लागू हुने गहतराजकाे भनाइ छ । यो प्रक्रिया पूरा हुँदा पुस महिना सुरु हुनेछ ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गएको वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो भने ५० हजार डलरभन्दा महँगा निजी चार पाङ्ग्रे गाडी, १५० सीसीमाथिका मोटरसाइकल, तयारी रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयात प्रतिबन्ध कायमै राखेको थियो । आयात प्रतिबन्ध हटाउन सरकारले मुख्यसचिवको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । समितिले अझै पनि आयात प्रतिबन्ध लगाउँदा समस्या थपिँदै जाने भएकाले आयात खुला गर्नुपर्ने सुझाव दिएको छ ।

अन्तिम अपडेट: मंसिर २१, २०७९

Views: